neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विद्युुतीय कारोवार ऐन अन्तर्गतको कसूर र बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ

विद्युुतीय कारोवार ऐन अन्तर्गतको कसूर र बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ

Oct 7th, 2020

काठमाडौ, असोज २१

संगठित तवरले गरिएको विद्युतिय कारोवार ऐन अन्तर्गतको कसूर र बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार नेपाल राष्ट्र बैकंको स्वीकृत लिई काठमाण्डौ जिल्ला का.म.न.पा. ११ सिहंदरबार स्थित कृषि बिकाश बैकंको मुख्य कार्यालय रही ‘क’ बर्गको बित्तिय कारोबार गर्ने मुख्य कार्यालय तथा शाखा कार्यालय सिराहा लाहान तथा उपशाखा कार्यालयहरुबाट बित्तीय कारोबार गर्दे आएकोमा मिति २०७६।०६।०७ गते देखी बिपक्षी सुनिता श्रेष्ठले शाखा कार्यालय न्यूरोड शाखाबाट निजको खातामा रकमान्तर भएको जम्मा ४९ लाख ५० हजार रकम मध्येबाट नौ लाख ५० हजार भुक्तानी लिएको देखिएको थियो ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोही दिन २० लाख रुपैयाँ रकम प्रतिबादी श्रबण कुमार श्रेष्ठको खातामा २० लाख रुपैयाँ रकमान्तर गर्न चेक पेश गरेको अबस्थामा शंका लागि बैंकंको सिस्टम चेक गर्दा बिपक्षीहरु श्रबण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, बिजय शाह, चन्द्र बहादुर बुढा, लुरानी घले तामाङ्ग, राम कुमार भन्ने राम कृष्ण भुषाल, त्रिपुरा समिल, लेईस घले, लवाङ तामाङ्ग, दिपक नेपाल, कैलास बिकाश बैकं, कल एकाउण्ट, भारती ईन्टरप्राईजेज समेतका प्रतिबादीहरुको खातामा बैंकको मौज्जातबाट बिभिन्न मितिमा जम्मा चार करोड ८८ लाख ४६ हजार रकम रकमान्तर गरी प्रतिबादीहरु मध्येका केही व्यक्तिहरुले केही रकम निकाल्न बाँकी राखि हाल सम्म जम्मा तीन करोड चार लाख भुक्तानी लिई सकेको देखिन आएको थियो ।

उक्त घटनामा प्रतिबादीहरुले अपराधिक समूहका ब्यक्तिहरुसँग जानी जानी एक आपसमा साँठगाँठ गरी अपराधिक समूहले आफुलाई आर्थिक लाभ लिई बैकंको बित्तिय प्रणालीमा जोखिम ल्याई बिधुतीय माध्यमको दुरुपयोग गरी संगठित रुपमा अनाधिकृत रुपमा बैकंको सिस्टममा पहँुच राखी बैकंको मौज्जात रकमबाट प्रतिबादीहरुको खातामा रकमान्तर गरी रकम निकाली बैकंलाई हानी नोक्सानी पुर्याई संगठितरुपमा अपराध गरि कृषि विकास बैकंलाई क्षति पुर्याएका ३८ जना मध्येका प्रतिवादी सुशिल गर्ग यही असोज १९ गते पक्राउ गरेको परिसरले जनाएको छ ।
प्रतिवादी सुशिल गर्ग समेत हालसम्म १८ जना पक्राउ भई कारवाही भएको अन्य २० जना प्रतिवादी हालसम्म फरार रहेको हुँदा निजहरुको खोजतलास कार्य जारी राखेको परिसरले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi