neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा ७ सहित १५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

उपत्यकामा ७ सहित १५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

Oct 7th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २१ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ५ महिला र १० पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौंका ६६ र ७२ वर्षीया २ महिला, सिराहाका ५० वर्षीया महिला,रौतहटका ७२ वर्षीया महिला,दाङका ७१ वर्षीया महिला र पुरुषहरुमा काठमाडौंका ४५,५३,६४,६९ वर्षीय ४ जना,मोरोङका ४०र ६० वर्षीय २ जना,ललितपुरका ४६ वर्षीय,चितवनका ६१ वर्षीय,रुपन्देहीका ५५ वर्षीय र नवलपरासीका ७६ वर्षीय रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५७८ पुगेको छ । यसअघि मंगलबार कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi