neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • दृष्टि प्रतिको आश विश्व दृष्टि दिवस मनाऔं,भन्ने नारा सहित बिश्व दृष्टि दिवस मनाईदै

दृष्टि प्रतिको आश विश्व दृष्टि दिवस मनाऔं,भन्ने नारा सहित बिश्व दृष्टि दिवस मनाईदै

Oct 7th, 2020

काठमाडौ, असोज २१

दृष्टि प्रतिको आश विश्व दृष्टि दिवस मनाआंै, भन्ने नाराका साथ यही अक्टोवर ८ तारिख अर्थात आश्विन २२ गते बिहिबारका दिन बिश्व दृष्टि दिवस मनाईने भएको छ । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाउन लागिएको हो ।

विश्व दृष्टि दिवसको अवसर पारेर तिलगंगा आँखा प्रतिष्ठानले धादिङ्ग, नुवाकोट, रसुवा, ओखलढुंगा, सिन्धुपाल्चोक, रोल्पा, रामेछाप र दोलखा जिल्लाका ३०० जना मोतिविन्दुका बिरामीको काठमाडौं स्थित तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने काम भईरहेको छ । उपरोक्त जिल्लाको उपत्यका वा आसपासका क्षेत्रमा बसोबास गरेका बिरामीले पनि यो सेवा लिन पाउँनेछन् । जसका लागि माथि उल्लेखित गरेको जिल्लामा अवस्थित जिल्ला सामुदायिक आँखा केन्द्रको सिफारिस वा जिल्ला खुल्ने परिचयपत्र र पिसीआर परिक्षणको रिपोर्ट हुनुपर्नेछ । यो सेवा मङ्गसिर महिनसम्म लागु हुनेछ । निः शुल्क शल्यक्रियाको लागि अन्तराष्ट्रिय सहयोगी संस्था द फ्रेड हलोज फाउण्डेसन र हिमालयन क्याटर्याक्ट प्रोजेक्टले सहयोग गरिरहेको छ ।

कोभिड १९ को महामारीको रोकथाम तथा नियन्त्रणका लागि आँखा शिविरहरु भन्दा यसपटक प्रतिष्ठानले आफ्ना शाखाहरु हेटौडा सामूदायिक आँखा अस्पताल लगायत १७ जिल्लामा रहेका सामुदायिक आँखा केन्दमा, अस्पताल तथा आँखा केन्द्र केन्द्रित कार्यक्रम मात्र संचालन गर्ने भएको छ । कोभिड १९ र आँखा स्वास्थ्य सम्बन्धी जनचेतनमूलक सुचना सामाग्री निमार्ण गरि रेडियो तथा विद्युतिय सामाजिक संजाल मार्फत प्रसारण गर्ने भएको छ । विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । यस लक्ष्यलाई पूरा गर्न तिलगंगा आँखा प्रतिष्ठान लगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायहरु
सहकार्य गरि सेवा प्रदान गर्दै आइरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi