neapl investment mega bank aadharbhumi aadharbhumi

प्रदेश १ मा आज ३३० सङ्क्रमित थप

Oct 6th, 2020

विराटनगर, २० असोज/रासस

पछिल्लो २४ घण्टाको समयमा प्रदेश १ मा अहिलेसम्मकै सबैभन्दा बढी ३३० जना कोरोना सङ्क्रमण देखिएको छ । थपिएका सङ्क्रमितमा पुरुष १३५ र महिला १९५ छन् । आज थपिएका सङ्क्रमितमा मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, धनकुटा र खोटाङमा एक÷एक तथा प्रदेश बाहिरका जिल्लाका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १०५ पुगेको छ भने आज विभिन्न स्थानबाट ३२ जनासहित अहिलेसम्ममा चार हजार १२२ जना निको भएर घर फर्किएका छन् । पछिल्लो सो अवधिमा ६६६ जनासहित एक लाख २७ हजार ५५६ जनाको पिसिआर परीक्षण गरिएको छ ।
­

aadharbhumi
aadharbhumi
aadharbhumi