neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंकर तथा समाजसेवी पौड्याल नबिल बैंकको अध्यक्ष

बैंकर तथा समाजसेवी पौड्याल नबिल बैंकको अध्यक्ष

Oct 6th, 2020

काठमाडौ, असोज २०

नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यहीअ सोज १७ गते सकिएको छ । शम्भुप्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।

२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आºनो बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीकातर्फबाट २०४२ माघ २७ गते सञ्चालककोरूपमा नबिल बैंकमा प्रवेश गरेका थिए ।
अध्यक्ष तथा सञ्चालक रहेर पौड्यालले बैंकको क्षेत्र विकासमा पुर्याएको योगदान सम्मानयोग्य छ । उनको नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनीय रहेको छ । यसले उनी सक्षम बैंकर रहेको पनि पुष्टि गर्छ । यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहेका थिए । उनी पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका थिए । त्यसपछि, उनी सन् २०१६ सम्म निरन्तर सञ्चालकमा नियुक्त हु“दै आएका थिए । बैंकलाई आजको अवस्थामा ल्याइपुर्याउन उनको पनि निकै महत्वपूर्ण भूमिका छ ।

आºनो कार्यकाल सफलताका साथ पूरा गरी बैंकलाई नया“ उचाईमा पुर्याउन सफल भएकोमा अध्यक्ष पौड्याल र सञ्चालक अग्रवालप्रति बैंक आभार व्यक्त गरेको छ । साथै, उनीहरूको आगामी दिन सुखमय रहोस् भन्ने बैंकले कामना गरेको छ । अध्यक्षको पदावधि सकिए सगै बैंकले नया“ अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याललाई नियुक्त गरेको छ । आज (मंगलबार) बसेको बैंक सञ्चालक समितिको बैठकले उहा“लाई अध्यक्षमा नियुक्त गरेको हो ।

२०७४ मंसिर १५ गतेदेखि उनी सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत रहेकाछन । विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेको उन िसफल बैंकरस“गै समाजसेवीका रूपमा समेत परिचित रहेकाछन । तीनदशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । जहाँ उनको संलग्नता स्थापनाकालदेखि नै थियो । सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट उनी बैंकिङ करिअर सुरु गरेका थिए । त्यहा“ १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पुुगेका थिए । एनएमबीमा उनले १७ वर्ष अनवरत सेवा गरेका थिए । १४व र्ष ग्रिनल्यान्ड बैंक, १७ वर्ष एनएमबी र तीन वर्ष नबिल बैंकसहित उनले ३४ वर्षको बैंकिङ अनुभव बटुुलेकाछन । विगतमा आफूले काम गरेका हरेक क्षेत्र तथा बैंकमा आजपनि उहा“को योगदानको उच्चकदर हुने गर्छ । होटलबाट आºनो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब छ वर्ष काम गरेका थिए । त्यही अनुभवका आधारमा उनलेस्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) मा प्रवेश गरे । त्यहाँ विभिन्न पदमा रहेर करिब १४ वर्ष काम गरेको उह“ँको अनुभव छ ।

समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हु“दै आएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष रहेका थिए । दशककौें बैंकिङ अनुभव र दक्षताले उनलाई नबिल बैंकको अध्यक्ष सम्म पुर्याएको छ । बैंकले उनको नेतृत्वमा नया“ उचाई प्राप्त गर्ने अपेक्षा राखेको छ ।