neapl investment mega bank

राष्ट्रपतिद्वारा कुवेती अमीरलाई बधाई

Oct 6th, 2020

काठमाडौँ, २० असोज /रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतको अमीरको कार्यभार सम्हाल्नुभएकामा शेख नवाफ अल अहमद अल जाबेर अल सबाहमा बधाई ज्ञापन गर्नुभएको छ । कुवेती अमीरलाई आज बधाई सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता अत्यन्त सुमधुर सम्बन्ध रहेको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले विद्यमान द्विपक्षीय सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले कुवेत र त्यहाँका मित्रवत् जनताको निरन्तर प्रगति र समृद्धिको कामना सन्देशमा गर्नुभएको छ । नेपाल र कुवेतबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।