neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महिलालाई बन्धक बनाई हत्या गरेको अभियोगमा पक्राउ

महिलालाई बन्धक बनाई हत्या गरेको अभियोगमा पक्राउ

Oct 6th, 2020

काठमाडौं, असोज २०

जोरपाटी नयाँबस्ती बस्ने सिन्धुपाल्चोक कर्थली ३ घर भएकी ३६ वर्षीया पम्फा श्रेष्ठलाई बन्धक बनाई हत्या गरेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका १४ नयाँबस्ती गैरीटोल बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका ११ बडगाउँ घरभएका विनय श्रेष्ठ भन्ने ३५ वर्षीय विनय माझीलाई घटनाको डेढ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई २०७६ वैशाख ३० गतेदेखि कागेश्वरी मनहरा नगरपालिका ९ गोठाटारस्थित रमेश श्रेष्ठको टहरोमा बन्धक बनाई २०७६ जेठ ५ गते हत्या गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले हेटौंडा महानगरपालिका १४ नयाँबस्तीबाट पक्राउ गरेको हो । साथै विनयले सोम बहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता समेत निकालेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ । विनयलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi