neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जबरजस्ती करणीको घटनालाई सहमती गराएको अभियोगमा छ जना पक्राउ

जबरजस्ती करणीको घटनालाई सहमती गराएको अभियोगमा छ जना पक्राउ

Oct 6th, 2020

बझाङ, असोज २०

मष्टा गाउँपालिका २ खिकाला घट्टामा गत साउन २९ गते १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या भएको घटनालाई गाउँघरमै सहमती गराएको अभियोगमा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मष्टा गाउँपालिका ३ बस्ने २४ वर्षीय झलक दमाई, सोही गाउँपालिका २ बस्ने ४५ वर्षीय लाल बहादुर बोहरा, सोही ठाउँ बस्ने ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरा रहेका छन् । उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi