neapl investment mega bank
  • गृहपृष्ठ
  • वडा दशैंंको अवसरमा सानिमा बैंकको दशैं धमाका योजना

वडा दशैंंको अवसरमा सानिमा बैंकको दशैं धमाका योजना

Oct 6th, 2020

काठमाडौ, असोज २०

नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्गपोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिसत वा अधिकतम् रु २,५००/– सम्मको छुट प्राप्त गर्न सक्नेछन । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फष्र्ट कम फस्र्ट सर्भको आधारमा छुट प्रदान गरिने छ । यो योजना यही १९ आश्विन देखि कात्र्तिक २ गतेसम्म, दुई साताका लागि लागू हुनेछ ।

बैकको हाल सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।