neapl investment mega bank
  • गृहपृष्ठ
  • गोर्खा इको प्यानलको प्रयोगबाट देशैभरि धमाधम क्वारेन्टाइनहरु निर्माण हुँंदै

गोर्खा इको प्यानलको प्रयोगबाट देशैभरि धमाधम क्वारेन्टाइनहरु निर्माण हुँंदै

Oct 5th, 2020

काठमाडौ, असोज १९

गोर्खा इको प्यानलको प्रयोगबाट देशका विभिन्न जिल्लाहरुमा धमाधम क्वारेन्टाइनहरु निर्माण हुन थालेका छन् । छिटो निर्माण सम्पन्न हुने भएकाले गोर्खा इको प्यानलको प्रयोग गरी धमाधम क्वारेन्टाइनहरु निर्माण हुन थालेका हुन् ।

कोभिड १९ को बेला क्वारेन्टाइन भबनहरु तुरुन्त निर्माण गर्नुपर्ने र गोर्खा इको प्यानलको प्रयोगबाट यो सम्भब भएकाले गोर्खा इको प्यानलको प्रयोगबाट टेष्ट ल्याबलगायतका कोभिड क्वारेन्टाइनहरु निर्माणमा प्रयोग हुँंदै आएको हो ।

कम्पनीले जनाए अनुसार अहिलेसम्म, सुदूरपश्चिम प्रदेश सरकारले ५० बेडको धनगढीमा गोर्खा इको प्यानलको प्रयोगबाट कोरोना अस्पतालको निर्माण गरेको छ । कञ्चनपुरको महाकाली अस्पताल महेन्द्रनगर कञ्चनपुरमा कोभिड १९ को लागि ५० बेडको क्वारेन्टाइनको निर्माण पनि यही गोर्खा इको प्यानलको प्रयोगबाट बनेको छ । यस्तै विभिन्न जिल्लाहरुमा कोभिड १९ टेष्ट ल्याबहरु पनि धमाधम निर्माण भइरहेका छन् । डडेलधुरा अस्पतालमा कोभिड १९ टेष्ट ल्याब पनि बनेको छ । साथसाथै गोर्खा इको प्यानलको प्रयोगबाट सेती अञ्चल अस्पताल धनगढीमा कोभिड १९ को लागि क्वारेन्टाइन बनाउनमा पनि प्रयोग भएका छन् ।

उपत्यका बाहिर मात्रै नभई उपत्यकाभित्रका विभिन्न कोभिडसँंग सम्वन्धित निर्माणका लागि पनि गोर्खा इको प्यानलको प्रयोग भएका छन् । ललितपुरको कुपण्डोलमा रहेको कोभिड १९ टेष्ट ल्याब वीआईडीएच पनि गोर्खा इको प्यालनबाटै बनाइएको छ । वीआईडीएच म्यानेजमेन्ट प्रालि टेष्ट ल्याब नेपालको एउटै मात्रै कोभिड १९ टेष्ट ल्याब नेपाल सरकार जनस्वास्थ्य कार्यालय अन्तर्गतको सम्वन्धनमा बनेको हो ।

कारखानामा पहिला नै तयार पारेर बनाइएको प्रिफ्याब प्यानल भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने भएका कारण गोर्खा इको प्यालनबाट छिटोछरिटो निर्माण सम्भब भएको हो । यसको प्रयोगबाट छोटो समय मै कोरोना अस्पताल पनि तयार हुन सम्भब भएको छ । यही कारण अहिले कोभिडको लागि भौतिक निर्माण गर्न गोर्खा इको प्यानलको माग देशभरिबाट आइरहेको गोर्खा इको प्यानलका कार्यकारी अधिकृत कृष्णराम देउपाला वताउँछन् । गोर्खा इको प्यानलका धेरै विशेषताहरुमध्ये तीव्र निर्माण सम्भब हुनु एउटा मुख्य विशेषता रहेको छ । कोरोना महामारीको यो विषम परिस्थितिमा अस्पताल लगायतको तीव्र निर्माणका लागि यो प्यानल उपयोगीसिद्ध भएको जनाइएको छ ।

इको प्यानलको केन्द्रिय कार्यालय अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिकै रहेको छ । गोर्खा इको प्यानल इन्टरनेशनल ग्रीन डेभलपर्स प्रालि अन्तर्गत सञ्चालित निर्माण सामाग्री उत्पादन कम्पनी हो ।