neapl investment mega bank
  • गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकद्धारा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्धारा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण

Oct 5th, 2020

काठमाडौ, असोज १९

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । उक्त शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख मेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्षश्री दिपक थापालाई हस्तान्तरण गरेका हुुन ।

उक्त हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि थापाले मुक्तिनाथ विकास बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी भई गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा गरेका थिए । धनगढी उप–महानगरपालिकाको बसपार्क सुदुर पश्चिम कै केन्द्रविन्दु रहेकोले यात्रुको आवतजावत धेरै हुने भएकोले यात्रुको सहजताको लागि शुद्ध पिउने पानी ट्याङकीको निर्माण गरिएको हो ।

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्क अन्र्तगत जुन सुकै बैंकको एटिएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।