काठमाडौ, असोज १९
टिभिएस दशैंको आशा योजना अन्तर्गत बिजेता बनेका अमितजंग सिटौलालाई आरआर ३१० हस्तान्त्रण गरिएको छ । बिजेता बनेका अमित जंगले टीभीएस एन टर्क खरिद गरेका थिए । टिभिएस दशैंको आशा योजना अन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल खरिद गरेर वाखरिद नगरेर पनि यो योजनामा सहभागी बन्न सक्नेछन् ।
यो योजना अन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्ष प्रशारण मार्फत गोलाप्रथाद्धारा बिजेता घोषण गरिने छ । पहिलो हप्ताको बिजेतालाई आरआर ३१० हस्तान्तरण गरिएको हो । टिभिएस दशैँको आशा“ योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरको खसरदमा ७००० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।
बम्पर उपहारकारूपमा, हरेकहप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टिभिएसकै सबै भन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि टिभिएसको बेभसाईटमा गएर फारम भर्नु पर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउनेछन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वाकिन्नको विकल्पको बावजूदपनिभागलिन र जित्नपनि सक्ने अवसर पाउनु हो।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । ११० देखि ३१० सिसि सम्मको गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आर टि आर १६०, अपाचे आरटिआर २००४ भि,अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिककोको बिबिधता रहेको, बिक्री पश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।