neapl investment mega bank

नेपाल बैंकको संचालकमा थापा र श्रेष्ठ

Nov 6th, 2019

काठमाडौं, २० कात्तिक 
नेपाल बैंक लिमिटेड संचालक समितिको निर्णय अनुसार दीपेन्द्र विक्रम थापालाई नेपाल बैंक लिमिटेडको स्वतन्त्र संचालकमा नियुक्त गरिएको छ । यसैगरि नेपाल सरकार अर्थ मन्त्रालयको निर्णयानुसार सावित्री रंजित श्रेष्ठ लाई नेपाल बैंक लिमिटेडको संचालकमा नियुक्त गरिएको छ । 

ब्रयाडफोर्ड युनिभर्सिटि बेलायतबाट वातावरण व्यवस्थापन (आयोजना नियोजन तथा व्यवस्थापन) मा उच्च स्नातकोत्तर र वातावरण विज्ञान तथा सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधी हासिल गरेका थापा नेपाल सरकारको सेवा निवृत्त सचिव हुन् भने सोसियो इकोनोमिक एनालाईसिसमा पिएच.डि उपाधी हासिल गरेकी श्रेष्ठको प्राध्यापन पेशामा लामो अनुभव रहेको छ ।