neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या तीन करोड ५१ लाख नाघ्यो (अपडेट)

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या तीन करोड ५१ लाख नाघ्यो (अपडेट)

Oct 4th, 2020

काठमाडौं, १८ असोज

आधारभूमि संवाददाता

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड ५१ लाख नाघेको छ ।

नेपाली समय आइतबार १२:३० बजे सम्म विश्वभरीमा तीन करोड ५१ लाख ३९ हजार ६९९ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म दुई करोड ६१ लाख २८ हजार ४१० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७९ लाख ७३ हजार २६२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ६६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १० लाख ३८ हजार २७ व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ७६ लाख ८४६ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख १४ हजार २७७ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ६५ लाख ४९ हजार ३७३ जना सङ्क्रमित भएका छन् भने १ लाख १ हजार ८१२ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४९ लाख ६ हजार ८३३ जना सङ्क्रमित भएका छन् भने एक लाख ४६ हजार ११ जनाको मृत्यु भएको छ ।

स्रोत: वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/