neapl investment mega bank
  • गृहपृष्ठ
  • मन्त्री अर्यालद्वारा स्याङ्जाका पहिरो पीडितलाई १५ लाख बढी राहत हस्तान्तरण

मन्त्री अर्यालद्वारा स्याङ्जाका पहिरो पीडितलाई १५ लाख बढी राहत हस्तान्तरण

Oct 4th, 2020

स्याङ्जा, असोज १८

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमार अर्यालले केही दिन अघी आएको अबिरल वर्षाका कारण आएको पहिरोमा परि मृत्यु भएका मृतक तथा घाइतेको परिवारलाई राहत बितरण गरेकीछन ।

मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका १४ मा मृत्यु भएका परिवारलाई शुक्रबार राहत प्रदान गरेकी हुन । राहत हस्तान्तरण गर्दै मन्त्री अर्यालले स्वर्गीय माया नेपालीका छोरा भोजराज र छोरी मनिषाले आफ्ना अभिभावक गुमाउनुपरेको पिडा आफूले महशुस गरेको बताईन ।

मृतकका छोरा र छोरीको अभिभावक सरकार रहेको बताउदै मन्त्री अर्यालले मनिषाको शिक्षाका लागी आफुले व्यवस्था गर्ने र अभिभावक समेत आफु रहेको बताईन । पहिरो पिडित भोजराजको बस्ने घर नै पहिरोले पुरेपछि अहिले नजिकैको विद्यालयमा काजक्रियामा रहेकाछन् । पिडितको घर सरकारले बनाइँदिने भन्दै मन्त्री अर्यालले पहिरो पिडित र विस्थापित परिवारको आवास निर्माणका लागी सरकारले व्यवस्था गर्ने बताईन ।

अर्यालको माइती गाउँ वालिङ नगरपालिका १४ तमादीमै पुगेर १० लाख २० हजार प्रदान गरेकी हुुन । राहत रकम नेपाल सरकारको तर्फबाट सात लाख र मन्त्रालयको पहलमा तीन लाख रकम मन्त्रीले प्रदान गरेकी हुन । असोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो ।

यसैगरी मन्त्री अर्यालले कालिगण्डकी गाउँपालिका ४ मा गत असोज ८ गते गौतमडाँडा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गरेकीछन । पहिरो पीडित परिवारको घरमै पुगेर मन्त्री अर्यालले राहत प्रदान गरेकी हुन ।

मन्त्री अर्यालले असोज ८ गते मृत्यु भएका १७ वर्षिय बिष्णु दमैको परिवालाई केन्द्र सरकारको तर्फबाट २ लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार राहत प्रदान गरेकी हुुन । यसैगरी उनले पहिरोले घरमा क्षति पुगेको औमायाँ नेपालीलाई २० हजार र अन्य तीन परिवारलाई ५र५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरेकी हुुन ।

यसैगरी गत असार ३० गते पहिरोमा परेर मृत्यु भएका चार जनाका परिवारलाई संहकारी संघका तर्फबाट २० र २० हजार र बिस्थापित चार परिवारलाई १५ र १५ हजार राहत मन्त्री अर्यालले प्रदान गरेकी हुन ।

राहत प्रदान गर्दै मन्त्री अर्यालले मृतक परिवार र बिस्तापित परिवारलाई माया गर्दै आवश्यक सहयोग गर्न सबैलाई आग्रह गरे । पहिरोले प्रभावित परिवारको घर निर्माण गर्न सरकार इट्टा बन्ने बताउँदै मन्त्री अर्यालले सरकार सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने बताईन । ’तपाईहरु सबैले पहिरोबाट पीडित हुनुभएका दाजुभाइदिदीबहिनीहरुलाई सहयोग गर्नुस । सरकार तपाइहरुको साथमा छ । जग्गा नभएकाहरुलाई जग्गा खोजेर नै सरकारले घर बनाईदिन्छ’, मन्त्री अर्यालले भनिन । मन्त्री अर्यालले त्यस अवसरमा पहिरो गएको क्षेत्रको प्रत्यक्ष अवलोकन समेत गरेकीछन ।