neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रभु पे मार्फत सपिङ गर्दा १० प्रतिशत क्यास ब्याक

प्रभु पे मार्फत सपिङ गर्दा १० प्रतिशत क्यास ब्याक

Oct 3rd, 2020

काठमाडौ, असोज १७

दसैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सक्रिप्सन सहित ओटिटी (मोबाइल टिभी) निःशुल्क प्राप्त गर्ने भएका छन् । ग्यापुमा सपिङ गर्ने उपभोक्ताले प्रभु पेको मोबाइल वालेटबाट पैसा तिरेको खण्डमा १० प्रतिशत (अधिकतम पाँच सय रुपैयाँ) क्यास ब्याक पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए । ग्यापुको दसैं तिहार धमाका अन्तर्गत दिइने क्यास ब्याक २५ लाख बराबरको रहने जानकारी कम्पनीले दिएको छ ।

प्रभु पेले ग्यापुमा सपिङ गर्ने उपभोक्तामध्ये हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकलाई एक वर्षको सब्सक्रिप्सन, सेट अप बक्स र इन्स्टलेसन सहित प्रभु टिभी दिने जानकारी दिएको छ । त्यस्तै, दसैं धमाकाको अन्त्यमा एक जना लक्की ग्राहकलाई प्रभु पेको तर्फबाट एउटा वासिङ मेसिन पाउने खड्काले बताएकाछन ।

ग्यापुको बेवसाइटबाट सपिङ अर्डर गर्दा प्रभु पेको वालेटबाट पैसा तिरेर वा सामान डेलिभरीको बेला पनि प्रभु पेको क्युआर कोड स्क्यान गरेर क्यास ब्याक लिन सकिने छ ।