neapl investment mega bank

जन्म दिनमा खाद्यान्न सामाग्री वितरण

Oct 2nd, 2020

रसना ढकाल
असोज १६ काठमाण्डौ


अमेरिका बस्दै आइरहेका एक दम्पतीले आफनो छोराको तेस्रो जन्म दिनको अवसरमा असोज १५ गते रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका ३५ विपन्न परिवारलाइ आवश्यक खाद्यान्न सामाग्री उपलब्ध गराएका छन ।

अमेरिकाको एक प्रान्तमा व्यापार गर्दै आइरहेका ललितपुर खुमलटार निवासी राजनध्वज कार्की र अरुना कार्कीले छोरा आयान ध्वज कार्कीको तेस्रो जन्न दिनको अवसर पारेर आवश्यक खाद्यन्न उपलब्ध गराएका हुन । यस अघि पनि कार्की परिवारले रामेछापका विभिन्न विद्यालयहरुमा शैक्षिक समाग्री वितरण गरेका थिए ।