आधारभूमि संवाददाता
काठमाडौं, असोज १६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पहिलो महिला मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्वीट गर्दै उनी र पहिलो महिला मेलानिया ट्रम्पलाई कोरोनासंक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकार होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानीया दुबैले कोरोना परीक्षण गराएका थिए ।