neapl investment mega bank aadharbhumi aadharbhumi

काठमाडौं उपत्यकामा थपिए ९४३ संक्रमित

Oct 1st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १५ असोज

काठमाडौंमा थप ९४३ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ९४३ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ८१७,ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि बुधवार उपत्यकामा ९०२ सङ्क्रमित थपिएका थिए।

नेपालमा बुधवार थप १९११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ७९ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ९६१ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ५७ हजार ३८९ पुगेको छ । हालसम्म १० लाख ३३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi