काठमाडौ, असोज १५
नेप्से आज एकै दिन २० दसमलव ६१ अंकले बढेर १५ सय ७१ दसमलव चार अंकमा चढेको छ । सेन्सिटिभ पनि दुुई दसमलव ९८ अंकले बढेर तीन सय १० दसमलव १५ अंकमा चढेको छ । एक सय ९३ कम्पनीहरुको ४७ हजार ३२ पटकको कारोवारमा ९९ लाख ३० हजार आठ सय ३० कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब ८० करोड ७७ लाख आठ हजार एक सय ३७ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा जलबिद्युुत र सामुुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दसमलव ८६ अंकले बढेर १२ सय ५८ दसमलव ४८ अंकमा चढेकोमा निर्जिवन बीमा, बिकास बैक, जीवन बीमा, लघुुबित्त, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा सिर्नर्जी पावर डेभलपेन्ट कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा माउन्टेन हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने बैंक अफ कठमाडौ नेपाल लिमिटेड परेको छ ।