काठमाडौं, १५ असोज
आधारभूमि संवाददाता
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड ४१ लाख नाघेको छ ।
नेपाली समय बिहीबार २:०० बजे सम्म विश्वभरीमा तीन करोड ४१ लाख ७३ हजार ९८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म दुई करोड ५४ लाख ३८ हजार ८३५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७७ लाख १५ हजार ३०२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ८८१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १० लाख १८ हजार ९६१ व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ७४ लाख ४७ हजार ६९३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ११ हजार ७५२ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ६३ लाख १२ हजार ५८४ जना सङ्क्रमित भएका छन् भने ९८ हजार ७०८ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४८ लाख १३ हजार ५८६ जना सङ्क्रमित भएका छन् भने एक लाख ४३ हजार ९६२ जनाको मृत्यु भएको छ ।
स्रोत : वर्ल्डोमीटर