neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सेनाद्धारा काठमाण्डौ–तराई र मधेश द्रुतमार्ग सडक आयोजनाको प्रगति विवरण सार्वजनिक

सेनाद्धारा काठमाण्डौ–तराई र मधेश द्रुतमार्ग सडक आयोजनाको प्रगति विवरण सार्वजनिक

Oct 1st, 2020

काठमाडौ, असोज १५

नेपाली सेनाले काठमाण्डौ–तराई र मधेश द्रुतमार्ग सडक आयोजनाको प्रगति विवरण सार्वजनिक गरेको छ । सेनाले बुुधबार बिज्ञप्ती जारी गर्ने द्रुत मार्गको टनेल प्याकेज १ र २ को लागि आव्हान गरिएको प्रि क्वालिफिकेसन सम्वन्धी बोलपत्रहरुको खोलुवा प्रकृया सम्पन्न भएको र यसमा उल्लेखनिय सहभागिता देखिएको जाकारी दिएको छ ।

दु्रतमार्ग अन्र्तगत छोक्रेडांडा देखि धेद्रेखोला सम्मको लागि कुल २१ वटा कम्पनीहरुले बोलपत्र दाखिला गरेका छन भने धेद्रेखोलादेखि लेनडांडा सम्मको कार्यका लागि कुल २२ वटा कम्पनीहरुले बोलपत्र दाखिला गरेको सेनाले जनाएको छ ।

अब मुल्याङ्कन समितीले बोलपत्रहरुको मुल्याङ्कनको कार्य सम्पन्न गरी योग्य ठहरिएका कम्पनिहरुलाई सूचिकृत गर्नेछ, सेनाले भनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi