neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बुधवार काठमाडौं उपत्यकामा थपिए ९०२ संक्रमित

बुधवार काठमाडौं उपत्यकामा थपिए ९०२ संक्रमित

Sep 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १४ असोज

काठमाडौंमा थप ९०२ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ९०२ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ६९७,ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि मंगलबार उपत्यकामा ९३४ सङ्क्रमित थपिएका थिए।

नेपालमा बुधवार थप १५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ७७ हजार ८१७ पुगेको छ । पछिल्लो २४ घण्टामा १०५७ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ५६ हजार ४२८ पुगेको छ । हालसम्म १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi