neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरी पैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरी पैठारीको सामान बरामद

Sep 29th, 2020

काठमाडौं, असोज १३

बारा जिल्लाको महागढीमाई नगरपालिका २ पसाहा पुलबाट असोज १२ गते एपीएफ टोलीले काजपत्र बिनाको हार्डवयरका सामान बरामद गरेको छ ।

ना ३ ह ९४४८ नम्बरको अटोमा राखी ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बरियारपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला समान ल्याउन प्रयोग भएको उक्त अटो समेत बरामद गरिएको छ । बरामद सामान तथा अटो भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ । सामान तथा अटोको भन्सार दाखिला मुल्य तीन लाख ८७ हजार रुपैयाँ रहेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले असोज १३ गते करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना तथा हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौली स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भैरहवा भन्सार कार्यालयमा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi