neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या झन्डै ५०० पुग्न लाग्यो

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या झन्डै ५०० पुग्न लाग्यो

Sep 29th, 2020

काठमाडौँ, १३ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये महिलामा काठमाडौंकी ५७ वर्षिय ,सर्लाहीकी ७२ वर्षिय ,बाँकेकी ७६ वर्षिय र पुरूषमा मोरोङका ६८ वर्षिय,महोत्तरीका ५८ वर्षिय ,काठमाडौंका ६० र ७० वर्षिय दुई, चितवनका ५५ वर्षिय र बाँकेका ५३ र ३९ वर्षिय दुई पुरुष रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४९१ पुगेको छ । यसअघि सोमबार कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi