neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाली सेनाका विभिन्न निकायहरुबाट शीघ्र प्रभाव आयोजनाको निर्माण

नेपाली सेनाका विभिन्न निकायहरुबाट शीघ्र प्रभाव आयोजनाको निर्माण

Sep 29th, 2020

काठमाडौ, असोज १३

स्थानीय स्तरमा जनताको आवश्यकता पहिचान गरि छोटो समय तथा योजना एवं थोरै बजेटमा धेरै भन्दा धेरै स्थानीय जनतालाई लाभान्वित हुने उद्धेश्य राखी नेपाली सेनाका विभिन्न स्थान विशेषका युनिटहरु संलग्न भई सम्पन्न हुने विकास, निर्माण र सामाजकि सेवाका आयोजनाहरुलाई शीघ्र प्रभाव आयोजना भनिने नेपाली सेनाले जनाएको छ ।

सेनाले आफुलाई प्राप्त बजेटभित्र रहेर स्थानीय बासिन्दाहरुसंगको समन्वयमा आवश्यकतालाई पहिचान गरि यस्ता परियोजनाहरु कार्यान्वयन गर्दै आएको छ । न्यून आकारको बजेटबाट अल्पकालीन समयमा नै कार्य सम्पन्न गर्ने हेतुले बनाइएका यस्ता आयोजनाहरुबाट दुरदराजमा रहेका स्थानीयहरु लाभान्वित हुने अपेक्षा राखिएको हुन्छ । सेनाको नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आ.व.०७६ र ७७ मा स्वीकृत भएको सामाजिक आर्थिक पूर्वाधार विकासका कार्यक्रम, शीघ्र प्रभाव आयोजना अन्तर्गत नेपाली सेनाका विभिन्न युनिटहरुबाट निर्माण सम्पन्न गरि यस हप्तामात्रै झण्डै आधा दर्जन आयोजनाहरु हस्तान्तरण गरेको छ । सेनाले मोरङ जिल्लाको धनपालथान गाउँपालिकाको दानावती चोकमा ट्रसघर र शौचालय सहितको हाटबजार निर्माण गरेको छ । मोरङ जिल्लाको धनपालथान गाउँपालिका वडा नं.३ स्थित दानावती चोकमा रहेको हाटबजारमा नवनिर्मित व्यवस्थित ट्रस घर तथा शैचालय पूर्वी पृतनापति उपरथी अनन्त कार्कीले यही असोज १० गते धनपालथान गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरेकाछन ।

सो अवसरमा नं.१ प्रदेशका मुख्य मन्त्री माननिय शेरधन राईले नेपाली सेनाले गर्दे आएको सामाजिक कार्यको प्रसंशा गर्नु भएको थियो । जनप्रतिनिधि, रथीवृन्द तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा धनपाल गाउँपालिकाका अध्यक्षले चुनौतिपूर्ण विषम परिस्थितिमा समेत नेपाली सेनाले निरन्तर निर्माणमा खटिएर छोटो समयमै हाटबजार तयार गरेकामा खुशी व्यक्त गरेका थिए । यस आयोजनाको लागि भौतिक पूर्वाधार मन्त्रालय र नेपाली सेनाबाट ५०र५० लाख तथा धनपालथान गाउँपालिकाबाट १४ लाख उपलब्ध गराइएको थियो । साथै आयोजनाबाट ४,००० जना प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सेनाले रसुवाको गोसाईकुण्ड पदमार्ग अन्तर्गत रेलिङ्ग, प्रतिक्षालय र सेड घर निर्माण गरी हस्तान्तरण गरेको छ । सेनाका अनुसार रसुवा जिल्लामा तैनाथ कालीजंग गणले गोसाईकुण्ड गा.पा.वडा नं.५, स्थित बुद्ध मन्दिरदेखि गोसाईकुण्डसम्म जाने २.५८ कि.मि. पदमार्गमा रेलिङ्ग निर्माण गरेको छ । गणले चोलाङ्गपाटीमा ४०,२० फिटको प्रतिक्षालय र बुद्ध मन्दिरमा १२, १२ फिटको सेड घर निर्माण कार्य समेत सम्पन्न गरेको छ । उक्त आयोजनाको श्री नं. ६ का बाहिनी अड्डाका बाहिनीपति सहायकरथी श्री सुनिल श्रेष्ठले यही असोज ११ गते उदघाटन गरेका हुुन । सोही अवसरमा नवनिर्मित भौतिक संरचनाहरु श्री कालीजंग गणका गणपति प्रमुख सेनानी सविन्द्र नगरकोटीले लामटाङ्ग राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत श्री सुष्मा रानाको रोहवरमा गोसाईकुण्ड गाउँपालिकालाई हस्तान्तरण गरेका थिए ।

यो आयोजनाको लागि नेपाली सेनाबाट ३५,०६,६६२ रुपैया उपलब्ध गराइएको थियो । साथै आयोजनाबाट १७,००० जना प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । श्री कर्णाली मा.वि. तथा श्री बहिरा मा.वि.,जुम्लामा विद्यालय भवन, खेलमैदान तथा शौचालय निर्माण कार्य पनि सेनाले सम्पन्न गरेको छ । जुम्ला जिल्लामा तैनाथ नन्दाबक्स गणले चन्दननाथ न.पा.२ स्थित कर्णाली मा.वि. तथा बहिरा मा.वि.मा बिद्यालय भवन, बास्केटवल कोर्ट तथा शौचालय निर्माण गरेको छ । मिति २०७७ असोज ११ गते उत्तर पश्चिम पृतनापति उ.र. विज्ञानदेव उक्त आयोजनाको उदघाटन गरी विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका थिए । यो आयोजनाको लागि नेपाली सेनाबाट २५ लाख रुपैया उपलब्ध गराइएको थियो । साथै आयोजनाबाट ८०० जना प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सेनाले गोरखाको नेपाल राष्ट्रिय भू.पु. सैनिक आवासीय विद्यालयमा भवन र रिटेनिङ्ग वाल निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको छ । गोरखा जिल्लामा तैनाथ श्री रणसिंहदल गणले गोरखा नगरपालिका वडा नं.८ स्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक आवासिय विद्यालयमा ४ कोठे भवन र विद्यालयको रिटेनिङ्ग वाल लगाउने कार्य सम्पन्न गरेको छ । मिति २०७७ असोज ११ गते नं.३ बाहिनीपति स.र. सागर बहादुर थापाले उक्त आयोजना भु.पु. सैनिक संघ गोरखालाई हस्तान्तरण गरेका थिए । यो आयोजनाको लागि नेपाली सेनाबाट २५ लाख रुपैया उपलब्ध गराइएको थियो । साथै आयोजनाबाट २,३०० जना प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको सेनाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi