आधारभूमि संवाददाता
काठमाडौं, असोज १३
२०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय संचिती २.५ प्रतिशतले वृद्धि भई २०७७ साउन मसान्तमा १४३६ अर्ब ७३ करोड पुगेको छ । साउन महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय संचिती १७.३ महिनाको वस्तु आयात र १५.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
अमेरिकी डलरमासंचिती२०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ साउन मसान्तमा १२ अर्ब २ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय संचितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको संचिती २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा २०७७ साउन मसान्तमा १२६० अर्ब ३८ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय संचिती २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा २०७७ साउन मसान्तमा १७६ अर्ब ३६ करोड पुगेको छ । २०७७ साउन मसान्तको कुल विदेशी विनिमय संचितीमा भारतीय मुद्राको अंश २३.० प्रतिशत रहेको छ ।
त्यस्तै शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा रहेको देखिएको छ । अघिल्लो वर्षको साउनमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकोमा गत साउनमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ
विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई ९२ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८०.० प्रतिशतले घटेको छ ।
अवधिमा चालु खाता २५ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा ८ करोड ३८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड २१ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.७ प्रतिशतले वृद्धि भई रु.१ अर्ब १० करोड पुगेको छ भने प्रत्यक्ष वैदेशिक लगानी ३.३ प्रतिशतले घटी १ अर्ब ३९ करोड कायम भएको छ ।