काठमाडौ, असोज १२
हिमालयन एयरलाईन्स दिएको ग्राउण्ड ह्याण्डलिङ निर्णय खारेजीको माग गर्दे नेपाल बायुुसेवा निगमका कर्मचारीहरु आन्दोलित भएाछन । बिरोधस्वरुप निगम कर्मचारी संघले चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेकाछन । संघले हालै विदेशी लगानीको हिमालयन एयरलाईन्सलाई २०७७/६/४ गते मन्त्रीको ठाडै निर्देशनमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ दिएको र सो कार्य राष्ट्र र राष्ट्र्यि हित विपरित रहेको भन्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
संघका अनुसार यो सेल्फ ग्राउण्ड ह्याण्डलिङ दिने निर्णय तत्काल रोकिएता पनि आधिकारिक रुपमै खारेज नभएको हुँदा सो निर्णय बारे विरोध स्वरुप ने.वा.नि कर्मचारी संघले आधिकारीक रुपमै आज दिउँसो तीन बजे पत्रकार सम्मेलन गरी चरणवद्ध आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्न लागेकोले निगम कर्मचारी संघले जनाएको छ ।
चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत आज सोमबार पत्रकार सम्मेलन गर्ने, असोज १३ गते मंगलबार निगमका सम्पुर्ण कर्मचारीहरुले कालोपट्टी बाँधेर काम गर्ने, १४ गते बुुधबार सञ्चालक समिती, कार्यकारी अध्यक्ष र नायब महाप्रर्वन्धको कार्यकक्ष घेराउ तथा तालावन्दी गर्ने, असोज १५ गते बिभागीय प्रमुुखहरुको कार्यकक्ष घेराउ गर्ने, असोज १६ गते शुुक्रबार दिनको १२ बजे संघको केन्द्रिय कार्यालयमा आन्दोलनको समिक्षा गर्ने र असोज १८ गते देखि दोस्रो चरणका ठप्प पार्ने लगायतका कार्यक्रमहरु घोषणा गरेको छ ।