आधारभूमि संवाददाता
काठमाडौं, १२ असोज
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या १० लाख नागेको छ ।
नेपाली समय सोमबार १०:३५ बजे सम्म विश्वभरीमा तीन करोड ३३ लाख ७ हजार १७८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने हालसम्म विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १० लाख २ हजार ३९९ व्यक्तिको मृत्यु भएको छ ।
सङ्क्रमितमध्ये हालसम्म दुई करोड ४६ लाख ३८ हजार १८४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७६ लाख ६६ हजार ५९५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ९९६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ७३ लाख २१ हजार ३४३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ९ हजार ४५३ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ६० लाख ७४ हजार ७०२ जना सङ्क्रमित भएका छन् भने ९५ हजार ५७४ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४७ लाख ३२ हजार ३०९ जना सङ्क्रमित भएका छन् भने एक लाख ४१ हजार ७७६ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर