neapl investment mega bank
  • गृहपृष्ठ
  • बडा दशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड

बडा दशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड

Sep 28th, 2020

काठमाडौ, असोज १२

नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा सानिमा बैंकले “यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा” नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।

बैकका अनुसार यो योजना १२ आश्विन अर्थात आज सोमबारदेखि आश्विन मसान्त २०७७ सम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुनेछ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिनेछ । यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा तीन हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा पाँच सय रुपैयाँको निःशुल्क भौचर समेत प्राप्तगर्न सक्नेछन् ।

बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।