neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सेनाद्धारा हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुभारम्भ

सेनाद्धारा हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुभारम्भ

Sep 28th, 2020

काठमाडौ, असोज १२

नेपाली सेनाले हाईयर कमाण्ड तालिमको सुभारम्भ गरेको छ । आईतबार देखि बलाधिकृत रथी प्रभुराम शर्माले नगरकोट स्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने सि.सं.८ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको भिटीसी अर्थात भिडियो टेलि कन्फिरेन्स मार्फत शुभारम्भ गरेका हुुन ।
उक्त अवसरमा सम्बोधन गर्दे बलाधिकृत रथी शर्माले यस तालिमले सहभागी शिक्षार्थी अधिकृतहरुको पेशागत ज्ञान बढ्न गई समग्र संस्थाको क्षमता अभिवृद्धिमा थप टेवा पुग्नुको साथै जटिल अपरेशनल वातावरणमा समय सापेक्ष निर्णय लिनसक्ने भावि नेतृत्व उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने उक्त तालिममा ३० जना महासेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको छ । उच्च क्रमका अधिकृतहरुको वृत्ति विकासका लागि आवश्यक यो तालिम नेपाली सेनामा संचालन हुनै सबैभन्दा उच्च तालिम पनि हो । कोभिड १९ को परिस्थितिलाई मध्यनजर गर्दै पुर्णरुपमा स्वास्थ्य सम्बन्धि सबै सुरक्षात्मक उपायहरु अपनाउंदै सामाजिक दुरी कायम गरी उक्त तालिम संचालन गरिने सेनाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi