neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

Sep 27th, 2020

काठमाडौँ, ११ असोज/रासस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र कोरिया र युरोपेली सङ्घका आवासीय राजदूतहरुले आआफ्ना ओहदाका प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा कोरियाका राजदूत पार्क चोङ –सुक र युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले प्रमाणपत्र पेश गर्नुभएको हो ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल सरकारका उच्चपदस्थ अधिकारी उपस्थित हुनुहुन्थ्यो ।