neapl investment mega bank aadharbhumi aadharbhumi

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

Sep 27th, 2020

काठमाडौं, असोज ११

सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित दरैयाबाट असोज १० गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका ६ बस्ने २३ वर्षिय राजु शर्मा छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ३० पत्ता र स्पास्मो प्रोक्सिभन ६ पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज शर्मालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ५ स्थित भाटसार ईलाकाबाट असोज ११ गते एपीएफ टोलीले ५० बोतल डाईलेक्स डिसी नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका २ बस्ने ३० वर्षिय दिने पासवान छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi