neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा ५ सहित १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ४७७ पुग्यो

उपत्यकामा ५ सहित १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ४७७ पुग्यो

Sep 27th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ११ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ९ पुरुष र १ महिला रहेका छन्।

मृत्यु हुनेमध्ये महिलामा काठमाडौंकी ५० वर्षिय र पुरूषमा बाराका २० वर्षिय,ललितपुरका ४४/७७ वर्षिय दुई ,काठमाडौंका ६१/६२ वर्षिय दुई, रुपन्देहीका ७२ वर्षिय, बर्दियाका ६३/५० वर्षिय दुई र अछामका ३४ वर्षिय पुरुष रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४७७ पुगेको छ । यसअघि शनिबार कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi