आधारभूमि संवाददाता
काठमाडौं, ११ असोज
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या झन्डै १० लाख पुगेको छ ।
नेपाली समय आइतबार १२:३५ बजे सम्म विश्वभरीमा तीन करोड ३० लाख ६२ हजार १७४ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने हालसम्म विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ९ लाख ९८ हजार ८०३ व्यक्तिको मृत्यु भएको छ ।
सङ्क्रमितमध्ये हालसम्म दुई करोड ४४ लाख १२ हजार ८६८ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७६ लाख ५० हजार ५०३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ३१२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ७२ लाख ८७ हजार ५९३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ९ हजार १७७ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ५९ लाख ९२ हजार ५२३ जना सङ्क्रमित भएका छन् भने ९४ हजार ५३४ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४७ लाख १८ हजार ११५ जना सङ्क्रमित भएका छन् भने एक लाख ४१ हजार ४४१ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर