काठमाडौ, असोज ११
विगत १४ दिनदेखी अनसनरत सत्याग्रही डा.गोविन्द केसीको विग्रदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार तथा शान्ति समाज चिन्तित भएको जनाएको छ । विगतदेखी वर्तमानसम्मका सरकारहरुले डा. केसीसँग गरेका सहमतिका सन्दर्भमा छलकपटपूर्ण व्यवहार दुर्भाग्यपूर्ण छ भने पछिल्लो चरणमा अपमानजनक व्यवहार निन्दनीय छ ।
एक निष्ठावान सत्याग्रहीप्रति सम्मान प्रकट गर्दै संवादमार्फत शिघ्र सहमति खोज्न र संवेदनशील बन्न मानव अधिकार तथा शान्ति समाज सरकारसँग आग्रह गर्दछ, समाजले बिज्ञप्ती मार्फत भनेको छ ।