neapl investment mega bank aadharbhumi aadharbhumi

कोरोना सङ्क्रमित सैनिकको मृत्यु

Sep 26th, 2020

काठमाडौ, असोज १०

कोभिड १९ सम्बन्धित कारणबाट सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । बझाङ जिल्ला घर भई काठमाण्डौं उपत्यकामा कार्यरत एक सैनिक जवानको हिजो असोज ९ गते वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो ।

निज जवानलाई ऐ ०६ गते छारे रोगको लक्षण देखिए पश्चात आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार गर्दागर्दै निजको मृत्यु भएको हो । निजको ऐ ०८ गते स्वाव परिक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको थियो । यस सँगै नेपाली सेनामा कोभिड १९ सम्बन्धित कारणबाट मृत्यु हुनेको संख्या २ (दुई) पुगेको छ ।

सेनाका अनुसार नेपाली सेनामा कुल संक्रमित दुुई हजार एक सय १७ र सक्रिय संक्रमितको संख्या एक हजार छ सय ५६ रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi