काठमाडौं, १० असोज
आधारभूमि संवाददाता
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड २७ लाख नाघेको छ ।
नेपाली समय शनिबार ११:३० बजे सम्म विश्वभरीमा तीन करोड २७ लाख ६५ हजार २०४ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म दुई करोड ४१ लाख ७८ हजार ३४६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७५ लाख ९३ हजार ३९५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६३ हजार ८७६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ९ लाख ९३ हजार ४६३ व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ७२ लाख ४४ हजार १८४ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ८ हजार ४४० पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ५९ लाख ३ हजार ९३२ जना सङ्क्रमित भएका छन् भने ९३ हजार ४१० जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४६ लाख ९२ हजार ५७९ जना सङ्क्रमित भएका छन् भने एक लाख ४० हजार ७०९ जनाको मृत्यु भएको छ ।
स्रोत : वर्ल्डोमीटर