neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वदेशमा माग भन्दा बढि बिजुली, कुलमानको अभावले जनता सास्ती खेप्न बाध्य

स्वदेशमा माग भन्दा बढि बिजुली, कुलमानको अभावले जनता सास्ती खेप्न बाध्य

Sep 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असोज १०

नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले दैनिक बिजुलीको माग ९ सय मेगावाटको हाराहारीमा छ भने देशभित्रका आयोजनाबाटै ११ सय मेगावाट बराबरको बिजुली उत्पादन गर्न सकिन्छ । माग भन्दा उत्पादन बढि भएपछि केहि आयोजना चलेकै छैनन् भने केहि कम क्षमतामा चलेका छन् ।

तर, प्राधिकरणमा कुुुसल नेर्तत्व कुलमान घिसिङको अभावका कारण अहिले देशमा माग भन्दा बढि बिजुली भएपनि जनताले भने पटक पटक बिजुली जाने समस्या बेहोर्नु परेको छ ।

बिहिबार इमाडोल, ग्वार्काे, नैकाप तथा मुस्ताङमा बिजुली गएको थियो । यस्तै बुधबार खोकनामै रुख ढलेका कारण बुङमती , छम्पी, चुनीखेल र खोकनामै लाइन गएको थियो । कुलमान प्राधिकरणमा हुँदा उनि विद्युत समस्या भएको क्षेत्रमा आफै पुग्थे । जसका कारण समयमै समस्या समाधान हुन्थ्यो ।

नियमित वर्षाका कारण विद्युत प्रसारणमा समस्या आएपछि बिहिबार विद्युत प्राधिकरणले १ सय १० मेगावाटको कुलेखानी जलविद्युत आयोजना नै चलाएन । अर्थात यसबाट देशमा माग भन्दा बढि विद्युत उपलब्ध छ भन्ने प्रष्ट हुन्छ,। तर , उचित नेर्तत्वको अभावले स्रोत उपलब्ध भएपनि जनता सुविधाबाट बञ्चीत भएका छन् ।

माग भन्दा बढि विद्युत उत्पादन भएपनि झ्याप्प झ्याप्प लाइन जादा फेरी लोडसेडिङ हुन लागेको हो कि भन्ने कैयनमा आशंका बढेको छ । तर , प्राधिकरण भने वर्षाका कारण विद्युत आपुर्ति प्रणालीमा समस्या आएकाले बिजुली गएको र लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताउँछ ।

प्राधिकरणले लाइन जानुको कारणबारे समयमै जनतालाई जानकारी गराउन सकेन । प्राविधिक समस्याका कारण विजुली जानी गरिरहेको भएपनि प्राधिकरणले त्यसका बारेमा भने समयमै जानकारी गराउन सकेको छैन ।

पानी परेपछि इन्सुलेटर , जम्परहरुबाट पनि बिजुली लिकेज भएकाले ठाउँठाउँमा बिजुली काट्न परेको छ । गुणस्तरीय विद्युतीय सामाग्री नभएकाले पनि विद्युत लिकेज भएको हो । विद्युत लिकेज भएपछि सिस्टमले नै त्यो क्षेत्रको विद्युत प्रवाह बन्द गर्छ ।

प्राधिकरणले भारतबाट पनि बिजुली आयात गर्न सक्छ । अहिले देशमै बिजुली बढि भएकाले बरु भारत तिरै बिजुली बेचिरहेको छ । वर्षातको समयमा नदिनाला बढेकाले आयोजनाहरुबाट उत्पादन हुने बिजुली पनि बढिरहेको छ । तर पनि जनताले भने झ्याप्प लाइन जाने र आउने समस्या भोग्नु परेको छ ।