neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विपद् बाट हुने मानविय तथा भौतिक क्षति न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरणमा जोड दिनुपर्ने

विपद् बाट हुने मानविय तथा भौतिक क्षति न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरणमा जोड दिनुपर्ने

Sep 25th, 2020

काठमाडौं, असोज ९

४१ औ समाजसेवा दिवस अवसरमा राष्ट्रिय प्रकोप व्यवस्थापन संजाल नेपाल (डिमान) ,प्रकोप पुर्व तयारी संजाल नेपाल (डिपीनेट) र गैरसरकारी संस्था महासंघ नेपालको संयुक्त आयोजनामा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा नागरिक संस्थाको भूमिका विषयमा भर्चुअल बैठक सम्पन्न भयो । डिमान तथा डिपिनेटका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा संञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गको प्रमुख आतिथ्यता र विपद् व्यवस्थापन विज्ञ पूर्व शिक्षा मन्त्री डा। गंगालाल तुलाधरको विशेष आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री गुरुङ्गले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका क्षेत्रमा नागरिक संस्थाहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै विपद् जोखिम न्यूनीकरणका लागि नागरिक संघ संघ संगठनलाइ अझै थप प्रभावकारी र क्रियाशील बनाउन आवश्यक रहेको वताउनु भयो ।

जोखिममा रहेका वस्तिहरूलाइ समयमा सुरक्षित स्थानमा स्थान्तरण गर्न नसक्दा ठुलो मात्रमा जन धनको क्षतीहुन पुगेको कुरामा जोड दिदै आगामी दिनमा पुर्वतयारी र जोखिम न्युनीकरणको काममाजोड दिनु पर्दछ भन्नु भयो । यसको लागि सरकारको तर्फवाट पनि केही कमी भएको महसुस गर्दै आगामी दिनमा सरकारी र ग़ैर सरकारी संस्था मिलेर जोखिम न्यूनीकरणमा जोड दिएर जानु पर्छ भन्नु भयो । आपतकालिन अवस्थामा सहयोग गर्नको लागि नागरिक संस्थाहरुकै पहलमा विपद् व्यवस्थापन कोषको स्थापना र सञ्चालन गर्नु पर्ने कुरामा जोड दिदै त्यसको लागि सरकारको तर्फवाट पनि आवश्यक सहयोग गर्ने वताउनु भयो । कार्यक्रमका विशेष अतिथी वक्ता पूर्व शिक्षा मन्त्री डा। तुलाधरले विपद् क्षेत्रमा नागरिक संस्थाको पहलमा नेपालमा कानून तथा नीतिगत रुपमा पर्याप्त उपलब्धी हासिल भएको बताउदै अव कार्यान्वयन पक्षमा वेवास्ता गर्ने कसैलाई छुट नभएको वताउनु भयो ।

कार्यक्रमका अध्यक्ष डिमान तथा डिपिनेटका अध्यक्ष थापाले विपद् क्षेत्रमा क्रियाशिल नागरिक संस्थाहरुकोे भूमिका जहिलेपनि सकारात्मक र सरकारको सहयोगीको रुपमा रहेकोले नागरिक संस्थाको खवरदारीलाई सरकारले पनि सकारात्मक रुपमा लिनु पर्ने वताउनु हुँदै विपद् व्यवस्थापन प्राधिकरणलाई सक्षम र गतिशिल बनाउन नागरिक संस्थाको भूमिमा महत्वपूर्ण हुने र विपद व्यवस्थापनका क्षेत्र प्राधिकरणका कार्यहरुमा सहकार्य र साझेदारी गर्न नागरिक संस्थाहरू सधै तयार रहेको वताउनु भयो ।विपद् व्यवस्थापनका क्षेत्रमा क्रियाशिलता भनेको वास्तविक रुपमा समाज सेवा भएकोले ४१ औ समाजिक सेवा दिवस कार्यक्रम यस क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना तथा सक्रिय सहभागिता जनाएर समाजिक सेवा दिवस भव्यताका साथ मनाउन आग्रह समेत गर्नु भएको थियो ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका अध्यक्ष जितराम लामाले विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशिल रहनु असल समाज सेवा हो भन्नु हुदै विपद् व्यवस्थापनका लागि नागरिक संघ संस्थाले विगत लामो समय देखि खेल्दै आएको भूमिका प्रति गर्भ गर्नुपर्ने बताउनु भयो । विपद् व्यवस्थापनमा क्रियाशिल सामाजिक संस्थाहरु दातृ निकायको भर पर्नु पर्ने वाध्यत्मक अवस्थाको अन्त गर्नु पर्न वताउनु हुदै नागरिक संस्थाहरुको पहलमा विपद् व्यवस्थापन कोषको स्थापना गर्नु पर्ने र सरकारले कोषका लागि सहयोग गर्नु पर्ने वताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल (डिमान)का महासचिव विष्णु प्रसाद तिमिल्सिनाले विपद् जोखिम न्यूनीकरणमा नागरिक संस्थाहरुको भूमिका विषयमा प्रकाश पार्दै नागरिक संस्थाहरुलाई सरकारका निकायहरुले आफ्नो प्रतिष्प्रर्धिको रुपमा हेर्नु नहुने वताउनु हुँदै नागरिक संस्था जहिले पनि सरकारको योजना,नीति,कार्यक्रमका आधारमा साझेदार र सहयोगी हुने दृष्टान्त स्मरण गराउनु भयो । विपद् व्यवस्थापन ऐन र यस सम्वन्धी नीति तथा कानूनको तर्जुमामा नागरिक संस्थाले खेलेकाकै कारण दैवि प्रकोप ऐन खारेज भई अधिकारमुखि अवधारणमा आधारित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ आएको वताउनु भयो ।

कार्यक्रममा भूकम्प जोखिम न्यनीकरणका लागि नागरिक संस्थाहरुको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै एनसेटका कार्यकारि निर्देशक सूर्यनारायण श्रेष्ठले नेपाल भुकम्प लगायत वहुप्रकोपिय विपद्को उच्च जोखिममा रहेको वताउनु हुँदै विपद् जोखिम न्यूनीकरणका कार्यमा होस या विपद्को घटनामा विपद व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्थाहरुको भूमिका उल्लेखनिय हुँदै आएको वताउदै ति संस्थाहरुको दिगो श्रोत व्यवस्थापन चुनौतिपूर्ण रहदै आएको वताउनु भयो । २०७२ मा आएको भुकम्पले घर भत्कीएर पुरिएका मानिसहरूको उद्दार गर्ने क्रममा विदेशवाट आएका सहयोगीहरूले २० जनाको मात्र उद्दार गर्न सकेको थिए भने लगभग ४०० मानिसको उद्दार समुदाय तहवाट भएको थियो। त्यसैले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायको क्षमता र दक्षता विकासमा जोड दिनु पर्छ भन्नुभयो ।

पुननिर्माणको अवस्था र नागरिक संस्थाको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै अर्का कार्यपत्र प्रस्तोता राष्ट्रिय पुननिर्माण प्राधिकरणका सदस्य डा। चन्द्र वहादुर श्रेष्ठले २०७२ को भूकम्पले पुर्याएको क्षतिको पुननिर्माणको कार्य अन्तिम चरणमा रहेको वताउनु हुँदै नागरिक संस्थाहरुले पुननिर्माणको कार्यमा प्रभावित समुदायको सहयोग र सहजीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्नु भयो । अब पनि विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा नागरिक संस्थाको भुमिका त्यतिकै महत्वपुर्ण छ भन्नुभयो ।

कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेरेल ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अवस्था र नागरिक संस्थाको भुमिका विषयमा वोल्नु हुदै नागरिक संस्थाहरुको पहलबाट नै ऐनको तर्जुमा र प्राधिकरण स्थापना सम्भव भएको वताउनु हुँदै विपद्को उच्च जोखिम भएको हाम्रो मुलुकमा विपद् जोखिमयुक्त स्थलहरुको पहिचान र जोखिमा रहेका नागरिकहरुको वासस्थानको स्थान्तरण अति आवश्यक रहेकोले विविध सांस्कृतिक र सामाजिक हाम्रा मान्यता बीच यस चुनौतिलाई सामना गर्दा नागरिक संस्थाको भूमिका महत्वपूर्ण रहने वताउनुभयो ।

कार्यक्रममा सरकारी अधिकारी, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू, पुनः निर्माण प्राधिकरणका पदाधिकारी, समाजकल्याण परिषदका पदाधिकारी हरू, गैर सरकारी संस्था महासंघ नेपाल, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा क्रियाशिल राष्ट्रिय तथा अन्तराष्ट्रिय संधसंस्थाका प्रतिनिधि तथा विभिन्न मानविय सेवाका क्षेत्रमा क्रियाशिल १०० जना भन्दा वढी महानुभावहरुको सहभागिता रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi