neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रोकिएका लोकसेवाका परीक्षा छिटै सञ्चालन हुने, यस्तो छ नयाँ तालिका

रोकिएका लोकसेवाका परीक्षा छिटै सञ्चालन हुने, यस्तो छ नयाँ तालिका

Sep 25th, 2020

आधारभूमि संवाददाता

काठमाडौं , असोज ९

लकडाउनमा रोकिएका परिक्षा हरु छिटै सञ्चालन हुने भएका छन् । लकडाउनको समयमा हुनुपर्ने शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक लगाएतको पदका परिक्षाको नयाँ तालिका सार्वजानिक हुने गरिएको छ ।

लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको हो । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

सबैभन्दा पहिले सहसचिव सरहको सूचना प्रविधि विज्ञ पदको परीक्षाको सञ्चालन हुने छ । गरेको छ । नेपाल कृषि सेवा लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट र नेपाल विविध सेवाको परीक्षा दशैं अगाडि नै हुने छ ।

त्यस्तै नेपाल कृषि सेवा लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट पदको प्रथम र द्वितीय पत्रको परीक्षा क्रमशः यही असोज २७ र २८ गते हुने आयोगले शुक्रबार जारी गरेको सूचनामा जनाइएको छ ।

यसैगरी नेपाल विविध सेवा तर्फको परीक्षा असोज २९ र ३० गते हुने छ । नयाँ तालिका अनुसार स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षण यही असोज २५, २६ र २७ गते हुने छ ।

त्यस्तै न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने आयोगका आयोगले जनाएको छ ।

यसैगरी व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुने जनाइएको छ । त्यस्तै परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने वताइएको छ ।

नायब सुब्बा पदको लागि फराम भर्नेले दोस्रो पत्रको परीक्षा मंसिर ७ गते दिन पाृने छन् । त्यस्तै तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते हुने छ । साथै परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi