काठमाडौं, १९ कात्तिक
भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भुभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको राप्रपाले जनाएको छ । सो भुभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगत देखि नै निरन्तर विरोध गर्दै आएको छ । नेपाली भुभाग भारतीय नक्सामा समेटिनु आपत्तिजनक र अस्विकार्य छ ।
आफ्नो भुभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न राप्रपा सरकारसँग माग गरेको छ । साथै यस कार्यको कुटनैतिक ढंगबाट तत्काल सशक्त प्रतिवाद गर्न नेपाल सरकार र प्रधानमन्त्रीको राप्रपाले गम्भीर ध्यानाकर्षण गराएको जनाएकाे छ ।