neapl investment mega bank

सनराइज बैंकको डिजिटल टेलर संचालनमा

Sep 25th, 2020

काठमाडौ, असोज ९

सनराइज बैंकले डिजिटल टेलर सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार काउन्टरमार्फत नगद झिक्ने प्रक्रिया सहज बनाउन डिजिटल टेलर संचालनमा ल्याईएको हो । बैंकले चेक तथा एटीएम कार्ड नभएपनि बैंक खाताबाट नगद झिक्न मिल्ने सेवा ल्याएको हो ।

बैंकका अनुसार ग्राहकले मोबाइल बैंकिङ्ग एप्लिकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् । क्यूआर कोडमार्फत दैनिक एक लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँसम्म नगद निकाल्न सकिने बैंकले जानकारी दिएको छ ।