neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बाढी पहिरोमा परेकाहरुको एपीएफ टोलीद्वार उद्वार

बाढी पहिरोमा परेकाहरुको एपीएफ टोलीद्वार उद्वार

Sep 25th, 2020

काठमाडौं, असोज ९

रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका २ भर्तापुर गाउँमा अविरल वर्षाको कारण तिनाउ खोलको वहाव बढ्न गई डुवान परेका घर परिवारलाई एपीएफ टोलीले सुरक्षित स्थानमा सारेको छ ।

सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश करौताबाट खटिएको एपीएफ टोलीले डुवानमा परेका घर परिवा, अन्नपात र पशुचौपायाहरुलाई सुरक्षित स्थानमा सारको हो । यसैगरी झापा जिल्लाको बाह«दशी गाउँपालिका ७ डाँगीबारी स्थित तुलसी टोलमा बिरिङ खोलाले कटान गरी उच्च जोखिममा परेका सात घरपरिवालाई एपीएफ टोलीले असोज ७ गते सुरक्षित स्थानमा सारेको छ ।

सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भागडुब्बाबाट खटिएको एपीएफ टोली उनीहरुको उद्वार कार्यमा खटिएको थियो ।

यसैगरी सोही जिल्लाकै हल्दिवारी गाउँपालिका ३ स्थित देउवीया खोलाले कटान गरी जोखिममा परेको एक घर परिवारलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गणबाट खटिएको एपीएफ टोलीले असोज ७ गते सुरक्षित स्थानमा सारेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi