neapl investment mega bank aadharbhumi aadharbhumi

चन्दा संकलन गरेको अभियोगमा पक्राउ

Sep 24th, 2020

भक्तपुर, ८ असोज

चन्दा संकलन गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा सुकुम्बासी टोल बस्ने उदयपुर हदैनी-६ घर भएका ६१ वर्षीय गोपाल नेपालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त टोलका व्यक्ति तथा संस्थाबाट तीन लाख रुपैयाँ संकलन गरी रसिद बाँड्दै गरेको अवस्थामा विभिन्न पर्चाहरु, एनआईसी एसिया बैंकको चेकबुक १ थान र विभिन्न कागजात सहित उनलाई महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi