neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौंका ६ सहित १७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ४५३ पुग्यो

काठमाडौंका ६ सहित १७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ४५३ पुग्यो

Sep 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ८ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ५ महिला र १२ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये महिलामा काठमाडौं,मोरङ ,सुन्सरी ,भक्तपुर र धादिङकि एक/ एक गरि ५ र पुरूषमा झापा,रौतहट ,भक्तपुर ,तनहुँ ,दाङ ,कपिलवस्तु र नवलपरासीका एक/ एक गरि ७ ,धनुषाका २ र काठमाडौंका ३ जना रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४५३ पुगेको छ । यसअघि बुधवार कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi