neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतमा कोरोनाबाट एकै दिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित, ९१ हजार १७३ को मृत्यु

भारतमा कोरोनाबाट एकै दिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित, ९१ हजार १७३ को मृत्यु

Sep 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, ८ असोज

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या झण्डै ५७ लाख ३२ हजार भन्दा बढी पुगेको छ । स्रोतको अनुसार कुल सङ्क्रमितको संख्या ५७ लाख ३२ हजार ५१८ पुगेको हो । ती मध्ये ८६ हजार ५०८ जना पछिल्लो २४ घण्टामा थपिएका छन् ।

कुल सङ्क्रमित मध्ये ९ लाख ६६ हजार ३५८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक ४६ लाख ७४ हजार ९८७ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म ९१ हजार १७३ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये एक हजार १२९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ७१ लाख ३९ हजार ५५३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ६ हजार ५९३ पुगेको छ ।