neapl investment mega bank
  • गृहपृष्ठ
  • राप्रपाद्धारा बिधान मस्यौदाको प्रतिवेदन पेस गर्न समिती गठन

राप्रपाद्धारा बिधान मस्यौदाको प्रतिवेदन पेस गर्न समिती गठन

Sep 24th, 2020

काठमाडौ, असोज ८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी एकताको बिधान मस्यौदा तयार गर्नको लागि समिती गठन गरेको छ ।

राप्रपाका त्रयको बैठकले पार्टीको अन्तरिम विधानलाई पार्टी एकताको आधारपत्रको भावना समेटेर १५ दिनभित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्ने गरी पार्टीका नेता निरञ्जन थापाको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको हो । सदस्यहरुमा भरतजंग उप्रेती, श्यामबहादुर शाही, भक्तिप्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक रहेकाछन ।