neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रदेश २ र ५ का पत्रकारलाई कोरोना अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रदेश २ र ५ का पत्रकारलाई कोरोना अभिमुखिकरण कार्यक्रम सम्पन्न

Sep 23rd, 2020

काठमाडौ, असोज ७

नेपाल पत्रकार महासंघले प्रदेश नं २ र ५ मा कार्यरत एकसय जना पत्रकारहरुका लागि कोभिड १९ सँग सम्बन्धित, वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि अपनाउनु पर्ने आवश्यक सचेतनाका बारेमा अभिमुखिकरण सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट भएको कार्यक्रम विश्व स्वास्थ्य संगठनको सहकार्यमा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधित्वमा भएको थियो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कार्यक्रमको औचित्यका बारेमा प्रकाश पार्दै अभिमुखिकरणबाट प्राप्त ज्ञानलाई सबैले व्यवहारमा उतार्न आवश्यक रहेको बताए । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका अधिकृत डा. सुनोर बर्माले कारोना भाइरस महामारीमा सञ्चार माध्यमको दायित्वका बारेमा आफ्नो प्रस्तुतिकरण राखेका थिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विज्ञहरुले कोरोनासंग सम्बन्धित पक्षहरुका बारेमा प्रस्तुतिकरण सहित सहभागीहरुको जिज्ञासाको जवाफ दिएका थिए । महासंघका सचिव प्रकाश थापाले असोज ६ गतेसम्म महासंघको अभिलेख अनुसार देशभर १ सय २० जना पत्रकार कोरोनाबाट संक्रमित हुनुभएको र संक्रमितमध्ये एक जना पत्रकारको मृत्यु भएको जानाकारी दिनुभयो । साथै, उनले ७५ जना पत्रकारहरु संक्रमणमुक्त भएको र ४४ जना पत्रकार उपचाररत रहेको बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi