neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • वालवालिकाको कानको मुन्द्रा लुटपाट गर्ने महिला र लुटिएको गहना खरिद गर्ने पक्राउ

वालवालिकाको कानको मुन्द्रा लुटपाट गर्ने महिला र लुटिएको गहना खरिद गर्ने पक्राउ

Sep 23rd, 2020

काठमाडौ, असोज ७

उपत्यकाको विभिन्न स्थानहरुमा वालवालिकाको कानको मुन्द्रा लुटपाट गर्ने महिला र लुटिएको गहना खरिद गर्ने एक पुरुष पक्राउ परेकाछन । महानगरीय प्र्रहरी परिसर काठमाडौले लुुटपाटमा संलग्न म्याग्दी जिल्ला घर भई हाल काठमाडौंको बालाजुमा डेरा गरी बस्ने ३२ बर्षिय संगिता क्षेत्री र काभेको रोसी नगरपालिका घर हाल ललितपुरको सौगल बस्ने ३० बर्षिय मुरली बिकलाई पक्राउ गरेका हो । प्रहरीका अनुसार क्षेत्रीलाई मंगलबार काठमाडौंको गोर्कणेश्वरको माकलबारीबाट र बिकलाई ललितपुरबाट पक्राउ गरिएको हो ।

लुटपाटमा संलग्न ति महिलाले उपत्यकाका बिभिन्न स्थानहरुमा बालबालिकाको कानको मुन्द्रा लुटपाट गरेको देखिएको छ । यसको लागि ति महिलाले बालबालिकाहरुलाई चकलेट र आईसक्रिम दिई आमाको साथी हुँ भनी ललाई फकाई, प्रलोभनमा पारी, डरत्रास देखाई कानको मुन्द्रा लुटपाट गर्ने गरेको परिसरले जनाएको छ । परिसरका अनुसार हालसम्म ति महिलाले २२ स्थानमा वालवालिकाको मुन्द्रा लुटी फरार भएको देखिएको छ । पक्राउ परेकी क्षेत्रीको साथबाट नगद छ सय ८० रुपैयाँ र एक थान नोकिया मोवाईल बरामद गरिएको प्रवक्ता राठौंरले बताएकाछन ।

प्रहरीका अनुसार लुुटिएको मुन्द्रा खरिद गर्ने बिकलाई पनि पक्राउ गरिएको छ । काभ्रेको रोसी नगरपालिका घर भई हाल ललितपुरको सौगल बस्ने बिकले बालबालिकाको लुुटिएकको मुुन्द्रा लुटपाटमा संलग्न संगिता क्षेत्रीबाट खरिद गर्ने गरेको आधारमामा बिकलाईलाई पक्राउ गरिएको परिसरले जानकारी दिएको छ । परिसरका प्रवक्ता सोमेन्द्र सिंह राठौंरका अनुसार बिकले आफ्नै सुन चाँदी पसल मार्फत लुटिएका र बिना बिलका सुनहरु सस्तोमा खरीद गर्ने र स्वरुप परिवर्तन गरी विक्री गर्ने गरेको देखिएको छ । उनले ललितपुरको कनिवहालमा दर्ता नगरेको सुन पसल संचालन गर्ने गरेको समेत प्रवक्ता राठौंरले बताएकाछन । प्रवक्ता राठौंरका अनुसार बिकलाई पनि मंगलबार ललितपुरको कनिवहालमा रहेको आफ्नै उनको आफ्नै सुनचाँदी पसलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका बिकको साथबाट चुुंंडिएको सुनको सिक्री एक थान, गालेको सुन अंन्दाजी ६१ लाल, नगद ३० हजार पाँच सय रुपैयाँ, इएएइ कम्पनीको मोबाईल थान एक थान र सिम थान एक थान बरामद गरेको छ ।

परिसरका अनुसार पक्राउ परेकी क्षेत्रीले हालसम्म काठमाडौंका २२ स्थानका बालकालिकाहरुको मुुन्द्रा लुुटपाट गरेको देखिएको छ । उनले तारकेश्वर न.पा. १० मनमैजु, का.जि.कपन, का.जि का.म.न.पा.२६ कपुरधारा, का.जि.का.म.न.पा. २६ गल्कोपाखा, का.जि. नागार्जुन न.पा. १० स्युचाटार, का.जि.कोटेश्वर, का.जि.गोठाटार, का.म.न.पा. ६ पानी ट्याङ्की, का.म.न.पा. ६ माहांकाल ओरालो, का.जि.आरुबारी बौद्ध, का.जि.शिवचोक, नारायणटार, का.जि.कपन मिलन चोकका बालबालिकाहरुको मुुन्द्रा लुटपाट गरेको देखिएको छ । हालसम्म मुुन्द्रा लुटिएका वालवालिकाका २० जना अभिभावकहरु समन्वय गर्न महानगरीय प्रहरी वृत बौद्धमा पुुगेको पनि परिसरले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi